भारतको उत्तर प्रदेशमा ७२ घण्टे अविरल वर्षा, ५८ जनाको मृत्यु

असोज ११ , पोखरा  - भारतको उत्तर प्रदेशमा करिब ७२ घण्टादेखि भइरहेको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । भारी वर्षासँगै आएको बाढी, जलभराव, घर तथा रुख ढल्ने लगायतका घटनामा शनिबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ । वर्षाले कृषि क्षेत्रमा समेत ठुलो असर पारेको छ ।

शनिबार उत्तर प्रदेशका अधिकांश क्षेत्रमा तीव्र हावासहित मुसलधारे वर्षा भएको थियो । करिब १० जिल्लामा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको जनाइएको छ । आइतबार बिहान राजधानी लखनऊसहित आसपासका क्षेत्रमा पनि हल्का वर्षा जारी रहेको थियो । अविरल वर्षाका कारण धेरै स्थानमा कच्ची घर भत्किएका छन् भने रुख र विद्युत्का पोल ढलेर सडक अवरुद्ध भएका छन् । विद्युत् लाइनमा समेत क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । वर्षाजन्य दुर्घटनामा प्रदेशभर ५८ जनाको मृत्यु भएको हो । 

सबैभन्दा धेरै २६ जनाको मृत्यु अवध क्षेत्रका जिल्लामा भएको छ । सीतापुरमा ६, बहराइचमा ५, बलरामपुर र अयोध्यामा ४–४, बाराबंकीमा ३, गोन्डा र अमेठी तथा श्रावस्तीमा पनि मानवीय क्षति भएको छ । लखीमपुर खीरीमा ६, गोरखपुरमा ५, हरदोईमा ४ तथा हमीरपुरमा ३ जनाको मृत्यु भएको छ । अन्य केही जिल्लामा पनि एक–दुई जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर

सबै
↑